बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीमाथि अनियमितताको आरोप, कार्यकक्षमा तालाबन्दी
बर्षोदेखि एउटै मागमा आन्दोलन

धरान । मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई कार्यकक्षमै थुनेका चिकित्सक र कर्मचारीले बुधबार कार्यालयमा तालाबन्दी गरेका छन् । दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रतिष्ठानको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, हरेक हप्ता सार्वजनिक सुनुवाइ गर्नुपर्नेलगायतको माग गर्दै आन्दोलनरत संघर्ष समितिले पदाधिकारी असक्षम एवं गैरजिम्मेवार भएको भन्दै राजीनामा समेत माग गरेका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार, आर्थिक अपारदर्शिता र बेथिति विरुद्ध आन्दोलनरत प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई मंगलबार अपरान्ह कार्यकक्षमै थुने ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीलाई आन्दोलनरत चिकित्सक तथा कर्मचारीहरुले उपकुलपतिको कार्यकक्षमै थनेका हुन् । पदाधिकारीहरु थुनिएपछि प्रतिष्ठान परिसर तनावपूर्ण भएको थियो । पदाधिकारीहरुलाई थुनामुक्त गराउन प्रतिष्ठानमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने उपकुलपतिको कार्यकक्ष अगाडि सयौको संख्यामा प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले घेरा हालेका थिए । लामो समयदेखि प्रतिष्ठानमा भइरहेको अनियमितता र बेतिथिका विरुद्ध आन्दोलनरत प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाएर आइतबार देखि रिले अनसन शुरु गरेका थिए । तर, मंगलबार छलफल गर्ने भन्दै बसेको वार्तामा चिकित्सक तथा कर्मचारीले उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको आरोप लगाएपछि खैलाबैला मच्चीएको थियो ।
उपकुलपति गिरीले मापसे गरेकै कारण बार्ता भाडिएको समितिका प्रतिनिधिहरुले बताएका छन् ।प्रतिष्ठानमा व्याप्त बेथिति, भ्रष्टाचारजन्य अपराधमा प्रतिष्ठानका उपकुलपति गिरी, रजिष्ट्रार रेग्मी लगायतको प्रत्यक्ष संलग्नता रहेको आरोप लाग्दै आएको छ । हुनत् प्रतिष्ठानका अधिकांश पदाधिकारीहरुले नियुक्ती लिनैका लागि करोडौ रकम बुझाउने गरेको आरोप समेत छ । त्यही भएर पनि प्रतिष्ठानमा आउने अधिकांश पदाधिकारीहरुले प्रतिष्ठान सुधार गर्ने भन्दापनि कसरी अधिकभन्दा अधिक कमाउने भन्ने तर्फ केन्द्रीत हुने गरेको देखिन्छ । संस्था हाँक्ने जिम्मेवारी पाएका पदाधिकारी स्वयंले त्यसलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने थलो बनाउँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निरन्तर विवादमा आइरहेको छ ।
पदाधिकारीहरू बीचमै विवाद छ । एक–अर्काबीच चरम अविश्वासबाट गुज्रिरहेका उनीहरूबीचमा को अघि बढ्ने भन्ने प्रतिस्पर्धा चल्दा प्रतिष्ठान नै धरासायी बन्दै गएको छ । प्र्रतिष्ठानका उपकुलपति गिरी र रजिष्ट्रार रेग्मीवीच लामो समयदेखि द्धन्द्ध छ । रजिष्ट्रार रेग्मी कुनै पनि हालतमा उपकुलपति गिरीलाई विवादित र बदनाम गराएर कुनै अनियमिततामा फसाएर पदमुक्त गराइ आफू उपकुलपति बन्ने दाउमा छन् । त्यहीभएर पनि उपकुलपति गिरीलाइ मापसे गरेको आरोप लगाई बद्नाम गराउने अभियानमा रजिष्ट्रार रेग्मीकै संलग्नता रहेको चर्चा धरानमा भइरहेको छ । रजिष्टार रेग्मी नियुक्ति भएर आएको ३ महिना मै उपकुलपतिले केही आर्थिक अधिकार कटौति गरिदिएपछि उनीहरु दुवै बिच दुरी बढेको थियो । भ्रष्टाचार र अनियमिततामा डुबेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य पदाधिकारीहरु कोरोना महामारीमा झन कमिशन बाँडफाँडमा कुरा नमिल्दा नागरिकको स्वास्थ्यमा गम्भिर खेलवाड गरिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्