साउथ चाइना समुद्रको छेउमा इन्डोनेशिया र अमेरिकाद्धारा समुद्री प्रशिक्षण केन्द्र बनाउने
एजेन्सी । इन्डोनेशियाको समुद्री सुरक्षा एजेन्सीका अनुसार इन्डोनेशिया र अमेरिकाले ३.५ मिलियन अमेरिकी डलरको समुद्री प्रशिक्षण केन्द्र बनाउने भएका छन् । सो तालीम केन्द्र रियाउ द्वीपको रणनीतिक क्षेत्र बाटाममा बन्नेछ । एक समारोहमा भर्चुअली भाग लिँदै इन्डोनेसियाका लागि अमेरिकी राजदूत सुङ किमले उक्त क्षेत्रमा सुरक्षा बढाउन दुई देशबीच जारी प्रयासको भागिदार समुद्री केन्द्र हुने जानकारी दिए ।
इण्डोनेशियाको समुद्री सुरक्षा निकाय बाकामलाको बयानअनुसार अमेरिकी राजदुतले भने इण्डोनेशियाको मित्र र साझेदारका रूपमा संयुक्त राज्य अमेरिकाले घरेलु तथा अन्तराष्ट्रिय अपराधसँग लडेर क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न इन्डोनेशियाको महत्वपूर्ण भूमिकालाई समर्थन गर्न प्रतिबद्ध रहेको छ। यो प्रशिक्षण केन्द्र मलाक्का स्ट्रेट र साउथ चाइना सागरको रणनीतिक बिन्दुमा अवस्थित छ । यो परिक्षण केन्द्र इन्डोनेसियाको समुद्री निकाय बाकामलाद्वारा सञ्चालित हुनेछ र कक्षा कोठा, ब्यारेक र प्रक्षेपण प्याड हुनेछ भनी एजेन्सीले उल्लेख गरेको छ ।
दक्षिण चीन सागरमा बढ्दो तनावको बीचमा फिलिपिन्सले यस महिनाको मे मा स्प्राटली टापुहरूमा सयौं चिनियाँ जहाजहरूको उपस्थितिको विरोध गर्दा विश्वको सबैभन्दा ठूलो द्वीपसमूहका देशहरुसंगै अमेरिकाको सहयोग देखिएको थियो। यस महिनाको सुरुमा साउथ चाइना समुद्री क्षेत्रमा संयमता देखाउन र तनाव बढाउन सक्ने कार्यहरूबाट बच्न दक्षिणपूर्वी एसिया र चीनका विदेश मन्त्रीहरू सहमत भएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #समुद्री प्रशिक्षण केन्द्र
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्