थप २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ९ र एन्टिजेन विधिबाट ९ सय ३५ रहेका छन् । यसमध्ये काठमाडौँमा ३ सय ५५, ललितपुरमा १ सय १२ तथा भक्तपुरमा ४७ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १ सय ८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ५३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १ सय ८७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० जना पुगेको छ ।
होम आइसोलेसनमा ३५ हजार ७५ जना, संस्थागत आइसोलेसनमा २ हजार ८ सय ७५, आईसीयूमा ६ सय ५७ तथा भेन्टिलेटरमा १ सय ९३ जना रहेका छन् । कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्