पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वार्टरफाइनलमा
काठमाडौं । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । स्पेनमा गएराती भएको प्रि–क्वाटर फाइनलमा साविक विजेता पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायकगोल गरे ।
खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोल किपर थोबाउट कोर्टुवाले बचाएका थिए । यससँगै बेल्जियम क्वाटर फाइनलमा पुग्ने चौंथो टिम बनेको छ ।
पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटर फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, समाचार
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्