ए डिभिजन असोज ३ बाट सुरु गर्ने प्रस्ताव
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको ए डिभिजन लिग असोजको पहिलो साताबाट सुरु गर्ने प्रस्ताव गरेको छ । भदौमा शीर्ष डिभिजनको लिग सुरु गर्ने लक्ष्य राखेको एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव अघि सारेको हो । एन्फा क्यालेन्डरमा ए डिभिजन लिग भाद्रदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । यस सिजनको शीर्ष डिभिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने एन्फाको तयारी छ ।
असोजको पहिलो हप्ता ए डिभिजन लिग सुरु गरेर फागुनसम्म पुर्याउने एन्फाले लक्ष्य राखेको छ । ए डिभिजनका क्लबसंग छलफल गरेर लिगको मिति पक्का हुनेछ । नयाँ सिजनको घरेलु लिग सञ्चालनको सम्बन्धमा छलफल गर्न एन्फाले सोमबार क्लबसंग छलफल समेत राखेको छ । सो छलफलले एन्फाको प्रस्तावित मितिको सम्बन्धमा औपचारिक निर्णय गर्नेछ । कोरोना प्रकोपका कारण अघिल्लो वर्ष ए डिभिजन लिग हुन पाएन ।
अघिल्लो वर्ष ए डिभिजन लिग आयोजना सम्भव नदेखिएपछि एन्फाले २०७७ सालमा पुरा हुन नसकेका क्यालेन्डरलाई पुरा गरेको थियो । सोही अनुसार एन्फाले बी डिभिजन लिगका बाँकी खेल, सी डिभिजन लिग, महिला लिग, एन्फा प्रेसिडेन्ट लिग लगायतका कार्यक्रम पुरा गरेको थियो । घरेलु लिग सञ्चालन हुन नसकेको अवस्थामा एन्फाले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो । सोमबार सबै क्लबलाई छलफलमा बोलाएको छ । घरेलु लिगका लागि खेलाडी दर्ता प्रक्रिया भने भदौमै सुरु हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #ए डिभिजन लिग
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्