भारतीय पत्रकार प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा सम्मानित
नयाँ दिल्ली,काठमाडौं । चीनमा अल्पसंख्यक उइघुरबारे अनुसन्धानात्मक रिपोर्टिङ गर्ने भारतीय मूलकी पत्रकार प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा सम्मानित भएकी छिन् । भारतीय मूलकी पत्रकार मेघा राजगोपालनले चीनमा अल्पसंख्यक उइघुरको अबस्थाबारे अनुसन्धानात्मक रिपोर्टङ गरेका कारण पुलित्जर पुरस्कारद्धारा सम्मानित भएकी हुन् ।
चीन सरकारले अल्पसंख्यक उइघुरहरुलाई श्रमशिविरमा बन्दी बनाएको तथा दमन गरेकोबारे राजगोपालनले अनुसन्धानात्मक समचार तयार गरेकी थिईन् । अमेरिकास्थित बजफिड डिजिटल मिडियाकी पत्रकार राजगोपालनले सन् २०१७ मा चीनको सिन्यिाङमा उइघुरहरुबारे स्थलगत रिपोर्टिङ गरेकी थिइन् । उनीसँगै उनको टोलीका दुई जना पनि पुरस्कृत भएका छन् ।
हालसम्म प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा भारतीय मूलका दुई पत्रकारहरु सम्मानित भएको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकास्थित टाम्बा बे टाईम्सका पत्रकार तथा भारतीय मूलका नेल बेदी पनि पुलित्जर पुरस्कारद्धारा पुरस्कृत भइसकेका छन् । स्रोतः द हिन्दु
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्