निर्वासनमा रहेका उइगरहरुको खुलासा, “सिन्जियाङमा जबरजस्ती गर्भपतन र यातना दिइन्थ्यो”
एजेन्सी । चीनको सिन्जियाङमा रहेका उइगरहरुलाई स्थानीय अधिकारीहरुले नियन्त्रणमा लिने र यातना शिविरमा राख्ने गरेको खुलासा भएको छ । चीनबाट टर्की भागेका तीन उइगर महिलाहरुले सिन्जियाङको हिरासत केन्द्रमा भोगेको पीडाबारे जानकारी गराएका हुन् । जबरजस्ती गर्भपतन गराउने र यातना दिने गरेको पीडा सुनाएको उनीहरुले यातना सहन नसकेर भाग्नुपरेको कथा सुनाएका छन् ।
तीन महिलामध्येकी एकले आफूलाई करिब साढे महिनाको अवधिमा गर्भपतन गर्न लगाइएको गुनासो गरेकी छन् । पूर्व चिकित्सकसमेत रहेकी उनले सिन्जियाङमा उइगरहरुको जनसंख्या वृद्धि नहोस् भन्नका लागि बाँझोपन गराउने र गर्भपतनका लागि दबाब दिने गरेको बताएकी छन् । सिन्जियाङमा रहँदा उनले चिनियाँ सेनाले आफूहरुलाई रातदिन यातना दिने, यौनका लागि बाध्य पार्ने गरेकोसमेत बताएकी छन् । उनले भनिन्, “म साढे ६ महिनाकी गर्भवती थिए । प्रहरीहरु आए । जसमा एक उइगर थिए र दुई चिनियाँ थिए । मलाई कारका राखेर अस्पताल लगे । त्यहाँ मेरो गर्भपतन गराइएको रहेछ ।”
५५ वर्षीया बुमर्जेन रोजीले सुरुमा आफूलाई पिल्स दिइएको बताइन् । आफूलाई त्यो के हो भन्ने थाहा नभए पनि आफूले खान अस्वीकार गरेपछि पिटेकोसमेत बताएकी छन् । चिनियाँ अधिकारीहरुले हरेक घरघरमा मानिसहरु पठाएर महिलाको अल्ट्रासाउन्ड गर्ने र गर्भवती भएनभएको विवरण संकलन गर्ने गरेको बताएकी छन् । चिनियाँ अधिकारीहरुको निर्देशन नमान्नेहरुलाई यातना शिविरमा लगेर पटक(पटक यौनका लागि बाध्य पार्ने गरेको उइगर महिलाहरुले बताएका छन् । चीन सरकारले सिन्जियाङमा रहेका उइगरहरुलाई यातना दिएको र अल्पसंख्यक उइगरहरुमाथि नरसंहार गरिरहेको आरोप लगाएका छन् । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले प्रतिबन्धसमेत लगाएका थिए । श्रोतः एपी न्यूज
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #उइगरहरु, #चीनको सिन्जियाङ
ताजा खबर
- ११५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- २रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ३काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव
- ४अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ
- ५ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’



तपाईको कमेन्ट लेख्नुहोस्