नयाँ म्युटेसन भित्रिएको पत्ता लागेपछि सर्वसाधारणमा फेरि त्रास

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन देखिएको भन्ने स्वास्थ्य मन्त्रालयको सुचनाले पुनः त्रास पैदा गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सबै उमेर समुहमा संक्रमण हुन सक्ने र बढी संक्रामक हुनसक्ने बताएपछि त्रास फैलिएको हो । तर, भाइरसको परिवर्तित रुप भएको संक्रामक हो वा होइन भनेर यकिन नभएको जनस्वास्थ्यविदले बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयले एउटा सुचना जारी गर्यो । जसमा ४७ नमुनामध्ये ९ वटामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि भएकोे बताइएको छ । यो भेरियन्ट भारतमा केही दिन अघिमात्रै देखिएको थियो र यो भेरियन्टलाई खोपले समेत काम गर्दैन पनि भन्ने सम्मका तर्कहरु उब्जिएका छन् । यद्यपी यसबारे अनुसन्धान भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पनि उक्त भेरियन्ट देखा गर्दै गर्दा विस्तारै जनजिवन सहजिकरण तर्फ जादै गरेको अवस्थामा पुन ः त्रास देखिएको छ । तर, नेपालमा भेटिएको भाइरसको नया स्वरुप डेल्टा, डेल्टा प्लस, कप्पा लगायतका भेरियन्ट कति संक्रामक हो भन्ने बारेमा अहिलेसम्म अनुसन्धान भएको छैन् । कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्नु कुनै नौलो कुरा नभएको हुदा त्रसित नहुन जनस्वास्थ्यविदले आग्रह गरेका छन् । नागरिक सतर्क नरहने र जनस्वास्थका मापदण्डको पालना नगर्ने हो भने अहिलेको भन्दा कडा खालको भेरिन्टले तेसा्रे र चौथो लहरमा जोखिम हुने सक्ने विज्ञको चेतावनी छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले कोरोना भाइरसले बर्षमा पटक–पटक आफ्नो स्वरुप परिवर्तन गर्नसक्ने बताएका छन् । यसले जुनसुकै उमेर समुहमा संक्रमण हुनसक्छ । नेपालमा अन्य कुन–कुन भाइरसको नयाँ म्युटेसन देखिएको छ, भन्ने पत्ता लगाउन जती सक्दो धेरै परिक्षण गर्नुपर्ने भण्डारीको भनाई छ । नेपालमा अहिलेसम्म भाइरसको नयाँ म्युटेसन पत्ता लगाउनको लागि परिक्षण गर्न नसक्नु दुखद पक्ष भएको उनी बताउछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट फरक–फरक उमेर समूहको ४८ वटा नमुना संकलन गरि दिल्ली पठाइएको र उक्त रिपोर्ट प्राप्त भएको आधारमा ९ वटामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नयाँ म्युटेसन
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्