उइघुरको बिषयमा चीनबिरुद्ध प्रस्ताव पेश गर्ने बेल्जियमका एक सांसदलाई चीनद्धारा प्रतिबन्ध
एजेन्सी । चीनले बेल्जियमका एक सांसदलाई प्रतिबन्ध लगाएको छ । चीनमा अल्पसंख्यक उइघुर समुदाय बिरुद्धको दमनले नरसंहारको रुप लिन सक्ने भन्दै बेल्जियमको संसदमा प्रस्ताब पेश गर्ने सांसदलाई चीनले प्रतिबन्ध गरेको हो । चीनमा उइघुर जातिबिरुद्धको मानव अपराधले नरसंहारको रुप लिन सक्ने भन्दै बेल्जियम संसदमा केही साता अघि प्रस्ताब पारित भएको छ ।
बेल्जियम सरकारले चीनसँगको सुपुर्दगी सम्झौता तथा यूरोपेली संघ र चीनबीच लगानी सम्बन्धि सम्झौता भंग गर्नुपर्ने प्रस्तावमा माग गरिएको छ । बेल्जियम संसदको यो कदमपछि प्रस्तावक सांसद साम्युल कोगोलटीलाई चीनले प्रतिबन्ध गरेको छ ।
सिन्जियाङको सामाजिक स्थायीत्व र चीनको समग्र विकासमा बाधा पुर्यउने उदेश्यले उइघुर बिरुद्ध नरसंहार भएको झुटो आरोप लगाएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले टिप्पणी गरे । चीनमा उइघुर बिरुद्ध नरसंहारको अबस्था पहिचान गर्न बेल्जियम संसदको कमद महत्वपूर्ण रहेको निर्वासित उइघुर समुदायको अन्तराष्ट्रिय संगठन वल्र्ड उइघुर कंग्रेसले बताएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #चीनले बेल्जियम, #सांसदलाई प्रतिबन्ध
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्