पाकिस्तानको ईश्वरनिन्दा सम्बन्धी कानुन महिला अधिकार दबाउन पनि प्रयोग
इस्लामाबाद । पाकिस्तानको विवादास्पद ईश्वरनिन्दा या इस्लाम धर्मप्रति अपमान सम्बन्धी कानून महिला अधिकारकर्मीबिरुद्ध प्रयोग गर्न थालिएको छ। हालसालै दुई पाकिस्तानी अदालतहरूले ईश्वरनिन्दा कानूनको उल्लंघन गरेको आरोपमा पाकिस्तान महिला मार्चका आयोजकहरू विरुद्ध मुद्दा दर्ता गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएको थियो। उक्त आरोप पुष्टि भए इस्लाम धर्मप्रति अपमान गर्नेलाई मृत्युदण्ड समेत दिनसक्ने पाकिस्तानमा व्यबस्था छ। पाकिस्तानले लामो समयदेखि मुलुकका अल्पसंख्यक समुदायलाई नियन्त्रणमा राख्न उक्त हतियारको प्रयोग गर्दै आएको छ।
गत मार्चमा महिला अधिकारकर्मीले लाहोर, हैदराबाद, सुकुर, कराँची, इस्लामाबाद र पेशावर लगायत पाकिस्तानका विभिन्न शहरहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कार्यक्रमको आयोजना गर्दै महिला अधिकारको माग गरेका थिए। यो वार्षिक जमघटमा प्रतिबन्ध लगाउन खोज्ने कट्टरपन्थी इस्लामाबाद उच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए।
महिला मार्चको बखत ईश्वरनिन्दाको नारा प्रयोग गरिएको कट्टरपन्थीहरुको आरोप छ। तर,आयोजकहरूले मार्चमा सहभागीले महिला अधिकारको कुरा गरेको तर, इस्लाम धर्मप्रति कुनै अपमान नगरेको बताउँदै आएका छन्। पाकिस्तानमा धार्मिक स्वतन्त्रता दयनिय रहेकाले कसैमाथी नियन्त्रणमा राख्न इस्लाम धर्मको अपमानको आरोप लगाएर मुद्दा चलाइने गरिएको छ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #पाकिस्तान
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्