युरोकप फुटबल हेर्दा झगडा, खेलाडी र होटल सञ्चालकले बुझाए जरिवाना

काठमाडौं । त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद भएको छ । विवादले उग्ररुप लिएपछि झगडा हुँदा खेलाडी र होटल सञ्चालकले जरिवाना बुझाएका छन् । विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । युनाइटेड बिजनेस होटलका संचालक अश्विन श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले संचालक श्रेष्ठ सहित नेशनल सुपर लिग खेल्न नेपाल आएका विदेशी र सशस्त्र प्रहरी बलबाट कन्ट्याक्टमा खेल्ने फुटबलरलाई जरिवाना गरेका छन् । संक्रामक रोग ऐन–२०२० बिरुद्धको कसुरमा उनिहरुलाई प्रमुख जिल्ला अधिकारीले जरिवाना गरेका हुन् । होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना तिरेर रिहा हुनेमा क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ सहित ८ जना रहेको प्रशासनले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, समाचार
ट्याग : #खेलमै झमेला, #जिल्ला प्रशासन कार्यालय
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्