युरोकप फुटबल हेर्दा झगडा, खेलाडी र होटल सञ्चालकले बुझाए जरिवाना
काठमाडौं । त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद भएको छ । विवादले उग्ररुप लिएपछि झगडा हुँदा खेलाडी र होटल सञ्चालकले जरिवाना बुझाएका छन् । विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । युनाइटेड बिजनेस होटलका संचालक अश्विन श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले संचालक श्रेष्ठ सहित नेशनल सुपर लिग खेल्न नेपाल आएका विदेशी र सशस्त्र प्रहरी बलबाट कन्ट्याक्टमा खेल्ने फुटबलरलाई जरिवाना गरेका छन् । संक्रामक रोग ऐन–२०२० बिरुद्धको कसुरमा उनिहरुलाई प्रमुख जिल्ला अधिकारीले जरिवाना गरेका हुन् । होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना तिरेर रिहा हुनेमा क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ सहित ८ जना रहेको प्रशासनले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, समाचार
ट्याग : #खेलमै झमेला, #जिल्ला प्रशासन कार्यालय
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्