नेपाली फुटबल टोली स्वदेश फर्किदै

काठमाडौं । फिफा विश्वकप तथा एसियनकप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश आईपुग्ने भएको छ । छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टिम आज स्वदेश आईपुग्ने भएको हो । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छ । छनोटमा नेपालले चाईनिजताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो ।
नेपालले चाईनिजताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थियो । छनोटको खेल अघि नेपाली टिमले इराकसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजितभएको थियो । छनोटको समूहबीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो ।
नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना यसअघि नै सकिएको थियो । नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेपाली फुटबल टोली
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्