नेपाली फुटबल टोली स्वदेश फर्किदै
काठमाडौं । फिफा विश्वकप तथा एसियनकप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश आईपुग्ने भएको छ । छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टिम आज स्वदेश आईपुग्ने भएको हो । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छ । छनोटमा नेपालले चाईनिजताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो ।
नेपालले चाईनिजताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थियो । छनोटको खेल अघि नेपाली टिमले इराकसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजितभएको थियो । छनोटको समूहबीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो ।
नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना यसअघि नै सकिएको थियो । नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेपाली फुटबल टोली
ताजा खबर
- १अमानवीय र तुच्छ गालीगलौज गर्नेलाई पार्टीबाट निकाल्ने रविको घोषणा
- २सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले पाउने देउवाको दाबी
- ३अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- ४भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ५रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो



तपाईको कमेन्ट लेख्नुहोस्