अमेरिकाको डिभी परेका ३ हजार ८ सय नेपालीले पाएनन् अझै भिसा, बाइडेन प्रशासनविरुद्ध मुद्दा
काठमाडौं । अमेरिकाको भिसा नपाएपछि हजारौं डीभी विजेताको तर्फबाट बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर भएको छ । कानून व्यवसायी कुर्तिस मोरिसनका अनुसार आर्थिक वर्ष २०२१ का २४ हजार ८९ जना डीभी विजेताको तर्फबाट बाइडेन सरकारविरुद्ध मुद्दा दायर गरिएको हो । कोभिड–१९ महामारीको कारण अमेरिकाले तत्काल विदेशीलाई भिसा नदिने देखिएपछि २०२१ का डीभी विजेताहरु अमेरिका जाने सम्भावना लगभग गुम्ने देखिएको छ ।
आगामी सेप्टेम्बरसम्म डीभी विजेताले भिसा पाइसक्नुपर्नेछ । तर, ४ महिना पनि बाँकी नरहेको अवस्थामा भिसाको माग गर्दै मुद्दा दायर गरिएको हो । १ सय ४२ देशका डीभी विजेताको तर्फबाट उक्त मुद्दा दायर गरिएको जनाइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले पनि भिसा जारी नगरेपछि सन् २०२१ का नेपाली डीभी विजेता पनि चिन्तित् छन् ।
उनीहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै अन्तर्वार्ताको वातावरण मनाइदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालय र अमेरिकी दूतावासलाई पत्र लेखेका छन् । आर्थिक वर्ष २०२१ मा ३ हजार ८ सय १ जना नेपालीले डीभी लोटरी जितेपनि अहिलेसम्म भिसा पाउन सकेका छैनन् । तर, काठमाडौंमा जारी निषेधाज्ञाको कारण अमेरिकी दूतावासले सबै भिसा अप्वाइन्मेन्टहरु स्थगित गरेको छ । २०२१ का डीभी विजेताको टुंगो नलागेपनि दूतावासले चाँडै डीएस २ सय ६० फर्म भर्नको लागि आग्रह गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #बाइडेन प्रशासन
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्