अमेरिकाको डिभी परेका ३ हजार ८ सय नेपालीले पाएनन् अझै भिसा, बाइडेन प्रशासनविरुद्ध मुद्दा
काठमाडौं । अमेरिकाको भिसा नपाएपछि हजारौं डीभी विजेताको तर्फबाट बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर भएको छ । कानून व्यवसायी कुर्तिस मोरिसनका अनुसार आर्थिक वर्ष २०२१ का २४ हजार ८९ जना डीभी विजेताको तर्फबाट बाइडेन सरकारविरुद्ध मुद्दा दायर गरिएको हो । कोभिड–१९ महामारीको कारण अमेरिकाले तत्काल विदेशीलाई भिसा नदिने देखिएपछि २०२१ का डीभी विजेताहरु अमेरिका जाने सम्भावना लगभग गुम्ने देखिएको छ ।
आगामी सेप्टेम्बरसम्म डीभी विजेताले भिसा पाइसक्नुपर्नेछ । तर, ४ महिना पनि बाँकी नरहेको अवस्थामा भिसाको माग गर्दै मुद्दा दायर गरिएको हो । १ सय ४२ देशका डीभी विजेताको तर्फबाट उक्त मुद्दा दायर गरिएको जनाइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले पनि भिसा जारी नगरेपछि सन् २०२१ का नेपाली डीभी विजेता पनि चिन्तित् छन् ।
उनीहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै अन्तर्वार्ताको वातावरण मनाइदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालय र अमेरिकी दूतावासलाई पत्र लेखेका छन् । आर्थिक वर्ष २०२१ मा ३ हजार ८ सय १ जना नेपालीले डीभी लोटरी जितेपनि अहिलेसम्म भिसा पाउन सकेका छैनन् । तर, काठमाडौंमा जारी निषेधाज्ञाको कारण अमेरिकी दूतावासले सबै भिसा अप्वाइन्मेन्टहरु स्थगित गरेको छ । २०२१ का डीभी विजेताको टुंगो नलागेपनि दूतावासले चाँडै डीएस २ सय ६० फर्म भर्नको लागि आग्रह गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #बाइडेन प्रशासन
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्