भारतमा कोरोना महामारीपछि स्टील तथा सिमेन्ट उद्योगमा सुधार
नयाँ दिल्ली । भारतमा गत बर्ष कोभिड १९ माहामारीले प्रभाव परेका स्टील तथा सिमेन्ट व्यवसायहरुको पुनरुत्थान भइरहेको छ । भारतमा स्टील तथा सिमेन्ट व्यवसाय लयमा फर्किरहेको बेला चालु आर्थिक बर्षको अन्तिम चार महिनामा स्टील कम्पनीहरु थप नाफामा जाने आंकलन गरिएको छ ।
स्टील तथा सिमेन्ट उद्योग क्षेत्रको आर्थिक वृद्धिदरबारे केयर सुचांकले रिपोर्ट सार्वजनिक गरेको हो । चालु आर्थिक बर्षको पहिलो चार महिनामा भारी गिरावट आएको स्टील व्यबसाय दोस्रो चार महिनामा भने सुधार भएको बताईएको छ ।
स्टील तथा सिमेन्ट उद्योगको आगामी आर्थिक बर्षमा थप १३ प्रतिशतले यो दशककै सबैभन्दा धेरै आर्थिक वृद्धि हुने पनि प्रक्षेपण गरिएको टेलिग्राफ ईन्डीयाले जनाएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #आर्थिक वृद्धिदर, #स्टील तथा सिमेन्ट
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्