उत्कृष्ट युवा पत्रकारिता पुरस्कार दिपक अर्याललाई

काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका सह–सम्पादक दिपक अर्याल उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । रिर्पोट्स क्लव नेपालको २३ औं बार्षिकोत्सवमा आयोजित बिशेष समारोहमा अर्याल सम्मानित भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र र २० हजार नगद सहित सम्मान गरेका थिए । अर्याल खोज पत्रिका अनलाइनको पनि सह–सम्पादक हुन् । उनले शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आएका छन् ।
त्यस्तै, नेपाली संचार जगतको अग्रणी संस्था रिपोर्टस क्लबको २३ औ बार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए । मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष÷सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँको छ । रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदीलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि ५० हजार रहेको छ ।
यसैगरी कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ४० हजार रुपैयाँ छ । कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । शहीद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका बालकृष्ण अधिकारीले पाएका छन् । अधिकारीलाई दिइएको पुरस्कारको राशि २५ हजार रहेको छ ।
उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई दिइएको छ । सुवेदीलाई दिइएको पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेले पाएका छन् । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका अनन्त अनुरागलाई प्रदान गरिएको छ ।
अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, ओहो टेलिभिजनका रोहन श्रेष्ठ लगायतलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #पुरस्कार दिपक अर्याललाई
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्