सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको संख्या, मृतकको लिष्टमा एकैदिन थपिए ६१९ जना
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६ सय १९ जना थप गरेको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६ सय १९ जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको छ । बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
बुधबार थपिए ९४ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७ सय ६० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार १ सय ३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २ हजार ६ सय ८४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस, #मृत्यु हुनेको संख्या सच्याएको
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्