तोलामा ७ सयले घट्यो सुन
काठमाडौं । बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ । मंगलबार ९४ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ९३ हजार ४ सय कायम भएको हो। यसअघि मंगलबार एकैदिन तोलामा १५ सय रुपैयाँले वृद्धि भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सयले घटेको हो । मंगलबार तेजाबी सुन तोलामा ९३ हजार ६ सय ५० मा कारोबार भएको थियो। आज ९२ हजार ९ सय ५० तोकिएको छ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार एक हजार २ सय ३५ मा कारोबार भएको चाँदी आज एक हजार २ सय १५ मा कारोबार भइरहेको छ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सुनको मूल्य
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्