जाजरकोट बारेकोट पहिरो पिडितको गुनासो : न खाना छ न बस्ने ठाउँ छ
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ४ जिरी सार्कीगाउँमा पहिरोका कारण विस्थापित भएका समुदायको समस्यामा परेका छन् । असार २५ गते राती घरमाथिबाट गएको पहिरोका कारण सार्कीगाउँमा दुई घर पुरिदा १२ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएकामध्ये ११ जनाको शब भेटिएपनि १ जना भने अझै बेपत्ता छन । ११ जनाको गएको साता सामुहिक अन्त्येष्टि गरिएको थियो । तर, पहिरोबाट विस्थापित भएका सार्कीगाउँका ३३ घर परिवारका तीन सय बढी घरपरिवारको बिचल्ली भएको छ ।

खासै पर्याप्त खेतबारी नहुदाँ अन्नबाली नहुने उनीहरु मजदुरीकै भरमा गुजारा गर्ने गरेका थिए । तर, पहिरोले दुई घरका १२ जनाको एकै चिहान बनाएपछि बाँकी रहेका छिमेकी त्यहाँबाट विस्थापित भएका हुन । अहिले त्यहाँकै भगवती आधारभूत विद्यालयको चौरमा पाल टागेर बसेका उनीहरुलाई खान, लाउन, बस्न समस्या छ । स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताले राहत दिने आश्वासन दिएपनि आफ्नो पुनस्र्थापनाबारे कुनै पहल नगरेको उनीहरुको गुनासो छ । पानी लगतार परिरहेका कारण उनीहरुलाई पालमा बस्न समेत कठिन भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #जाजरकोट बारेकोट पहिरो
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्