गण्डकी प्रदेशमा थपिए बिहानै १६ जना कोरोना संक्रमित
काठमाडौं । गण्डकी प्रदेशमा आइतबार बिहान १६ नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा १६ नयाँ संक्रमित फेला परेका हुन् । बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बागलुङको गलकोट नगरपालिकामा ४, ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकामा १ रहेका छन् । बागलुङका ९ संक्रमितमध्ये सबै जना पुरुष हुन् । यस्तै, रघुंगंगा गाउँपालिका म्याग्दीका दुई महिला, एक पुरुष तथा मंगला गाउँपालिकाका एक पुरुष गरि म्याग्दीमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

तनहूँको ऋषिङ गाउँपालिकामा एक पुरुष र पर्वतको कुश्मा नगरपालिकामा दुई पुरुष गरि आइतबार १६ नयाँ संक्रमित थपिएका हुन् । शनिबार मुस्ताङमा पनि एक संक्रमित थपिएसँगै गण्डकीको एघारै जिल्लामा कोरोना संक्रमण पुगेको छ । नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ५ सय ४ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #नयाँ संक्रमित थपिए
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्