किन परिरहेछ पानी ?

काठमाडौं १९ बैशाख । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जल वाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहने जनाएको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भएको छ । दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । रातको समयमा पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली भई मध्य र पूर्वी भूभागको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #किन परिरहेछ पानी
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्