बिश्वमा कोरोनाबाट मुत्यु हुनेको संख्या २ लाख तीन हजार नाघ्यो
काठमाडौं १४ बैशाख । बिश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार दुई लाख तीन हजार भन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । यस्तै, २९ लाख २२ हजार भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म ८ लाख ३७ हजार भन्दा बढी उपचारपछि निको भइ घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ५५ जनाको मृत्यु भएको छ भने सोही अवधिमा बेलायतमा ८ सय १३ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा एकैदिन ४ सय १५, स्पेनमा ३ सय ७८, ब्राजिलमा ३ सय ७५ र फ्रान्समा ३ सय ६९ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाबाट मुत्यु
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्