बिश्वमा कोरोनाबाट मुत्यु हुनेको संख्या २ लाख तीन हजार नाघ्यो

काठमाडौं १४ बैशाख । बिश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार दुई लाख तीन हजार भन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । यस्तै, २९ लाख २२ हजार भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म ८ लाख ३७ हजार भन्दा बढी उपचारपछि निको भइ घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ५५ जनाको मृत्यु भएको छ भने सोही अवधिमा बेलायतमा ८ सय १३ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा एकैदिन ४ सय १५, स्पेनमा ३ सय ७८, ब्राजिलमा ३ सय ७५ र फ्रान्समा ३ सय ६९ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाबाट मुत्यु
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्