पानीमा डुबेर तीन जनाको ज्यान गयो
दाङ २० भदौ । दाङका बिभिन्न ठाउँमा पानीमा डुबेर तीन जनाको ज्यान गएको छ । शुक्रवार विहान ७ बजेको समयमा जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु् भएको हो । त्यस्तै सोही गाउँपालिका–४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । यता, घोराही उपमहानगरपालिका –११ नयाँवस्तीका ३९ वर्षीय रुद्रबहादु्र गन्धर्वको पनि घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #dang
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्