पहिरोले घर पुरिँदा बागलुङमा तीन जनाको मृत्यु
बागलुङ २० साउन । जिल्लाको तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । अविरल वर्षापछि आइतबार राति १ बजे तिर आएको पहिरोले लामेलामा घर पुरिँदा स्थानीय ४५ वर्षीया सन्तकुमारी सिर्पाली, ७० वर्षीया अन्सारी सिर्पाली र १२ वर्षीय प्रविण सिर्पालीको ज्यान गएको हो । पहिरोले अन्य ९ वटा घरमा क्षति पर्याएको छ । पहिरोमा पुरिएका ७ जनाको स्थानीय र प्रहरीले उद्धार गरेको र घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #pahiro
ताजा खबर
- १प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ
- २रुकुम पश्चिममा १२ जना चुनावी मैदानमा,युवा उम्मेदवारले जिल्लामा उत्साह
- ३अहिलेसम्म २९२५ उम्मेदवारी दर्ताः रुपन्देही २ र ३ मा ३५–३५ र मुस्ताङमा चार जना मात्रै
- ४यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम
- ५कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने



तपाईको कमेन्ट लेख्नुहोस्