मौद्रिक नीति बुधबार ल्याउने सरकारको तयारी
काठमाडौं ८ साउन । सरकारले बुधबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक भएको करिब दुई महिनापछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीति ल्याउन लागेको हो । यसका लागि अहिले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले पास गरेपछि मौद्रिक नीति सार्वजनिक हुनेछ । बिग मर्जरका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने तयारी राष्ट्र बैंकको छ। नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मर्जरमा जाने बैंकहरुलाई दुई वर्षसम्म स्प्रेड दरमा सहुलियत दिने तयारी गरेको छ । कति सहुलियत दिने भन्ने विषयमा राष्ट्र बैंक सञ्चालक समितिको बैठकले टुंगो लगाउनेछ । बैंकहरूको सेवा शुल्क घटाउन निर्देशन दिएको राष्ट्र बैंकले बैंकहरूका लागि अन्य सुविधा पनि दिने जनाएको छ। राष्ट्र बैंकले पुँजी, कर्जा र निक्षेप अनुपात घटाउने वा हटाउने तयारी गरेको छ। राष्ट्र बैंकले लघुवित्तीय संस्थाहरुलाई पनि मर्जरमा लैजान प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ । जेठ १५ मा बजेट आएपछि असार पहिलो सातासम्म मौद्रिक नीति ल्याइने भए पनि यस पटक बैंकहरुको बिग मर्जरका कारण ढिलाइ भएको हो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #maudrike niti
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्