धादिङमा जीप हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

धादिङ ६ असार । धादिङको गल्छीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परि धादिङको गल्छी गाउँपालिका–४ कार्की डाँडाका ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीया सेतु मिजार, गल्छी गाउँपालिका बाँझगाउँकी ३० वर्षीया कान्छी भुजेल, बाँझगाउँकै २५ वर्षीया नानु तामाङ र गल्छी गाउँपालिका ४ की २१ वर्षीया सविता अधिकारीको मृत्यु भएको हो। उनीहरु मध्ये चार जनाको घटनास्थलमै र सविता अधिकारीको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि १० जना घाइते भएका छन्। घाइतेहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको छ। धादिङको गल्छी गाउँपालिका कार्की डाँडाबाट बैरेनीतर्फ जाँदै गरेको बा। १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #durghatana
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्