अनुदानको गहुँको बिउँले किसान हर्षित
शिवु खनाल
दाङ, २४ चैत्र । जिल्लाको लमही नगरपालिका २ केरुनीयाका छेदु चौधरी यतिबेला मख्ख छन् । विगतमा स्थानिय जातको गहुँ लगाउँदै आएका चौधरीले अहिले खेतमा लमही नगरपालिका कृषि विकास उप शाखाले अनुदानमा उपलब्ध गराएको उन्नत जातको गहुँ राम्रो उत्पादन हुने भएपछि मख्ख परेका हुन् । उनले ५ कठ्ठा जग्गामा गहुँ खेती गरेका छन् । यस्तै लमही नगरपालिका २ सोनपुरका गुजारीलाल चौधरी पनि उत्पादन वृद्धि हुनेमा ढुक्क देखिन्छन् । नगरपालिका कृषि विकास उप शाखाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको उन्नत जातको गहुँको बिउ लगाएका उनि पनि यसवर्ष उत्पादन हुनेमा आशावादी छन् । साढे ६ कठ्ठा जग्गामा गहुँ लगाएका उनको खेतमा लहलाउँदो गहुँका बाला झुलिरहेको छ । नगरपालिकाले गहुँमा किसानहरु लाई आकर्षित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ लमही नगरपालिका अन्र्तगत व्यवसायिक किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ उपलब्ध गराएको नगर प्रमुख कुलबहादुर केसीले बताए । केसीले लमही नगरपालिका अन्र्तगत व्यवसायिक किसानहरुलाई आयआर्जनको लागि विभिन्न सिपमुलक तालिम सञ्चालन गरेको जानकारी दिए । लमही नगरपालिका कृषि विकास उप शाखा प्रविधिक गंगा चौधरीले नगरपालिकाले ४६ कुन्टल गहुँको बिउ उपलब्ध गराएको बताइन । नगरले हरितक्रान्ति कृषि सहकारी संस्था बापत किसानलाई अनुदानमा विउ उपलब्ध गराएको थियो ।
क्याटेगोरी : अर्थ, खेती किसानी, समाचार
ट्याग : #ghahu
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्