धानखोलामा बस र ट्रक ठोक्किदा २१ जना घाइते, ४ को अवस्था गम्भीर

शिवु खनाल
दाङ ९ चैत । कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा बस र ट्रक ठोक्किदा २१ जना घाइते भएका छन् । बसका चालक बर्दिया मंगलगडी नगरपालिका ४ बस्ने २६ वर्षीय खिमराज बिक सहित ४ जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका १ धानखोला क्षेत्रमा बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीय कल्पना सुनार, १५ वर्षीय भिम सुनार घाइते भएका छन् । दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि.क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवि चौधरी लगायत २१ जना घाइते भएका छन् । दुर्घटनामा परेका १७ जनालाई बुटवलका बिभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायव उपरीक्षक रबि रावलले जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्