धानखोलामा बस र ट्रक ठोक्किदा २१ जना घाइते, ४ को अवस्था गम्भीर
शिवु खनाल
दाङ ९ चैत । कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा बस र ट्रक ठोक्किदा २१ जना घाइते भएका छन् । बसका चालक बर्दिया मंगलगडी नगरपालिका ४ बस्ने २६ वर्षीय खिमराज बिक सहित ४ जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका १ धानखोला क्षेत्रमा बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीय कल्पना सुनार, १५ वर्षीय भिम सुनार घाइते भएका छन् । दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि.क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवि चौधरी लगायत २१ जना घाइते भएका छन् । दुर्घटनामा परेका १७ जनालाई बुटवलका बिभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायव उपरीक्षक रबि रावलले जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्