इराकको टिगरिसमा डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु

काठमाडौं ८ चैत । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा एक डुंगा दुर्घटना हुँदा ९२ जनाको मृत्यु भएको छ । इराकको स्वास्थ्य मन्त्रालयले ९२ जनाको शव प्राप्त भएको र अन्य व्यक्तिहरु वेपत्ता रहेको जानकारी दिएको सीएनएनले उल्लेख गरिएको छ । डुंगामा २ सय जनाभन्दा बढी सवार थिए । उनीहरु सबै घुम्नका लागि एक पर्यटकीय आइल्याण्डमा जाँदै थिए । उनीहरु कसैलाई पनि पौडिन आउँदनथ्यो । यद्यपि अधिकारीहरुले नदीमा पानीको बहाव बढेको भन्दै पहिल्यै चेतावनी जारी गरेका थिए । मोसुल बाँधको ढोका खोलिदिएका कारण जलस्तर बढेको थियो । दुर्घटनामा परेका ५५ जनालाई उद्धार गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्