इराकको टिगरिसमा डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु
काठमाडौं ८ चैत । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा एक डुंगा दुर्घटना हुँदा ९२ जनाको मृत्यु भएको छ । इराकको स्वास्थ्य मन्त्रालयले ९२ जनाको शव प्राप्त भएको र अन्य व्यक्तिहरु वेपत्ता रहेको जानकारी दिएको सीएनएनले उल्लेख गरिएको छ । डुंगामा २ सय जनाभन्दा बढी सवार थिए । उनीहरु सबै घुम्नका लागि एक पर्यटकीय आइल्याण्डमा जाँदै थिए । उनीहरु कसैलाई पनि पौडिन आउँदनथ्यो । यद्यपि अधिकारीहरुले नदीमा पानीको बहाव बढेको भन्दै पहिल्यै चेतावनी जारी गरेका थिए । मोसुल बाँधको ढोका खोलिदिएका कारण जलस्तर बढेको थियो । दुर्घटनामा परेका ५५ जनालाई उद्धार गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध
- २काठमाडौं महानगरले वैशाख १ देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
- ३प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शिर्ष नेताले सम्बोधन गर्ने, प्रचण्ड नबोल्ने
- ४पहिलो महिना सांसदहरूले १८ दिनको मात्रै सेवा सुविधा पाउने
- ५माध्यमिक शिक्षा परीक्षा सुरु



तपाईको कमेन्ट लेख्नुहोस्