इयुबाट बाहिरिने प्रस्ताव बेलायती संसदमा अस्वीकृत
काठमाडौं ३० फागनु । बेलायतको संसदले युरोपियन युनियनबाट बिना कुनै सम्झौता बाहिरिने प्रस्ताव पनि अस्वीकृत गरेको छ । प्रधानमन्त्री टेरिजा मे को प्रस्तावको पक्षमा ३ सय ८ तथा विपक्षमा ३ सय १२ मत परेको हो । यसअघि मंगलबार युरोपिन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव अर्थात ‘ब्रेक्सिट डिल’ दोस्रो पटक संसदमा अस्वीकृत भएको थियो । ब्रेक्सिट सम्बन्धी प्रधानमन्त्री मे को योजनाको विपक्षमा ३ सय ९१ तथा पक्षमा २ सय ४२ मत परेको परेको थियो । त्यसअघि जनवरी १५ मा भएको मतदानमा ब्रेक्सिट सम्बन्धी प्रधानमन्त्री मे को योजनाको विपक्षमा ४ सय ३२ सांसदले मत दिएका थिए । त्यो बेला उनको योजनाको पक्षमा २ सय २ सांसदले मत दिए । दोस्रो पटकको प्रयास पनि असफल भएपछि बिना कुनै सम्झौता इयुबाट बाहिरिने प्रस्तावमा संसदमा मतदान भएको हो । तर, त्यो प्रस्ताव पनि चार मतले पराजित भयो । कानुनी रुपमा अझै पनि बेलायत इयुबाट बाहिरिने आधार छन् । तर सांसदले ब्रेक्सिट रोक्का लागि मतदान गर्न सक्ने छन् । यसबारे बेलायती संसदमा बिहीबार मतदान हुनेछ । यो प्रस्ताव पारित भएमा बेलायत पूर्व निर्धारित मार्च २९ देखि इयुबाट बाहिरिने छैन।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्