दुई वर्षदेखि तीन स्वास्थ्य संस्था बन्द
जाजरकोट २५ फागुन । जिल्लामा जनताका लागि बनाइएका स्वाथ्य संस्था तीनबर्षदेखि बन्द रहेका छन् । जनतालाई प्रभावकारी स्वास्थ्य सेवा गाउँ घरमै दिने उद्देश्यले स्थापना गरिएको गाउँ घर किल्निकहरू बन्द भएका हुन् । जिल्लाको भेरी नगरपालिका ८ बुरुङे, वडा ९ भुरचौर, वडा १० कालाभुरमा रहेका गाउँघर क्लिनिकहरू बन्द हुँदा सेवा प्रवाहमा समस्या भएको छ । भुरबाट स्वास्थ्यकर्मीहरू गाउँघर किल्निकमा नजाँदा सेवा प्रवाह हुन नसकेको भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद शर्माले जानकारी दिए। तीन वटा वडाका स्वास्थ्य संस्था सञ्चालन नहुँदा हजार भन्दा बढी जनसंख्याले स्वास्थ्य सेवा पाउन नसकेको स्थानीयबासीको गुनासो छ। गाउँघर क्लिनिकमा दुई जना स्वास्थ्यकर्मीको दरवन्दी हुन्छ । भेरी नगरपालिकाको दुर्गम मानिने यी वडामा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नहुँदा दैनिक स्थानीयहरू बिरामी हुँदा सदरमुकाम आउनु पर्ने बाध्यता रहेको छ। स्वास्थ्य संस्था बन्द भए पनि सञ्चालन गर्ने कुनै पनि सुरसार नदेखिएको स्थानीयबासीले बताएका छन् । पटक, पटक स्वास्थ्य संस्था बन्द भएको र स्वास्थ्यकर्मीहरू सेवा नदिएको जानकारी गराए पनि कुनै कारवाही नभएको उनीहरूको भनाइ छ। स्वास्थ्यचौकी भुरमा जिल्लाबाट अनुगमनमा गएको एक टोलीले ६ जना स्वास्थ्यकर्मी भएको ठाउँमा एक जना मात्र स्वास्थ्यकर्मी बसेर सेवा प्रवाह दिएको फेला पारेको थियो। अन्य स्वास्थ्यकर्मीहरू व्यक्तिगत काममा गएको फेला परेको थियो। केही स्वास्थ्यकर्मीले स्वास्थ्य चौकीको गेटमै औषधि पसल स्थापना गरेर निजीमा बढी ध्यान दिएको समेत खुलासा भएको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्