दाङ लमहीमा दुर्घटना एक जनाको मृत्यु
दाङ २५ फागुन । दाङको लमहीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–१ नर्ती नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । लमहीबाट डोढहीका लागि छुटेको रा ५ प १७९३ नम्बरको मोटरसाइकल पावरट्रिलमा ठोक्किँदा मोटरसाइकल चालक लमही–२ निवासी २० वर्षका सुशील चौधरीको मृत्यु भएको हो । उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पावरट्रिलर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका–६ निवासी अमिस चौधरी घाइते भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्