फेसबुकलाई ‘ब्यक्तिगत बनाउने तयारी
काठमाडौँ २३ फागुन । फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रित प्लेटफर्म बनाउने तयारी थालिएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ योजना ल्याएका छन् । फेसबुकको प्राइभेट म्यासेजिङ्ग सभिर्स ओपन प्लेटफर्म भन्दा चर्चित हुने जुकरबर्गले बताएका हुन् । उनले आफ्नो एक ब्लगमार्फत फेसबुकलाई गोपनियता केन्द्रित बनाउँदै लैजाने योजना सार्वजनिक गरेका छन् । म्यासेन्जर र ह्वाट्सएप फेसबुकको स्वामित्वमा छन् ।पछिल्लो समय प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी भएको तथा गैरकानुनी रुपमा प्रयोग गरिएको आरोप लागेपछि फेसबुक समस्यामा देखिएको छ । यहि क्रममा जुकरबर्गले फेसबुकलाई गोपनियता केन्द्रित बनाउने योजना सार्वजनिक गरेका हुन् । जुकरबर्गले भनेका छन्, ‘फेसबुक र इन्स्टाग्रामले मानिसहरुलाई आफ्ना प्रियजन, साथी तथा परिवारका सदस्यसँग सम्पर्कमा रहन सहयोग गरेको छ । तर मानिसहरुले यसको प्रयोग गर्दै गर्दा गोपनियता पनि चाहन्छन्, हामी यो चाह पूरा गर्ने प्रयासमा छौँ ।’
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्