Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

सांसद रेशम चौधरीलाई जन्मकैद, राजपाको आपत्ति


कैलाली २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्तका रुपमा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरी जन्मकैद सुनाएको हो । लक्ष्मण थारुलाई तीन वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेका छन् । मधेसी(थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि २०७४ फागुन १४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए । तर, जेलमै रहेका बेला २०७५ पुस १९ मा चौधरीले सांसदको सपथ लिएर जेलमै राखिएको थियो ।
जन्मकैद पाउनेहरु
जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ र ३० अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ को ३ अनुसार १० वर्ष मात्र कैद हुनेछ । यो फैसलापछि राजपाले भने अदालतको निर्णयमा आपत्ती जनाएको छ । उसले पूर्वाग्रही भएर फैसला आएको आरोप पनि लगाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं