Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

प्रधानन्यायाधीश र न्यायाधीशहरुकै कारण साख गुमाउदै सर्बोच्च अदालत,भरोसा पनि दैनिक टुट्दै


न्याय नपाएका नागरिकको एक मात्र भरोसा र संविधानको अन्तिम ब्याख्याता मुलुकको सर्बोच्च अदालतमा कार्तिक पहिलो सातादेखि मुद्धा मामिलाको छिनोफानो लगभग शुन्य छ । सर्बोच्च अदालतले गरेका फैसला, आदेश सबैले मान्नुपर्ने र त्यसबिरुद्ध गए मानहानी मुद्धा समेत लाग्ने ब्यवस्था पनि छ । सर्बोच्चकै फैसलाले प्रधानमन्त्री छोडेर केपी शर्मा ओली बालकोट पुगे । सर्बोच्चमा बिचाराधिन मुद्धामा अनावश्यक टिप्पणी गरेको भन्दै पूर्वप्रधानमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीशसम्म अवहेलना मुद्धामा जवाफ दिन अदालतमा पुगेकै हुन् ।

सर्बोच्चको गरिमा र मान जति थियो । जति छ त्यो उचाई राख्न नसक्ने सम्माननिय प्रधानन्यायाधीश र माननीय न्यायाधीशहरुकै कारण छवि बिग्रीएको छ । सत्तामा बार्गेनिङ, नियुक्ती र राजनीतिक मुद्धामा सौदाबाजी गरेको आरोप यतिबेला न्यायापालिकाका प्रमुखलाई नै लागेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिबेदन भन्छ न्यायालय बिचौलियाको फन्दामा पर्यो । सेटिङमा फैसला हुने भएकोले गोलाप्रथाबाट मुद्धाको पेशी तोकिनुपर्यो । यति थाहा हुँदा हुँदै सर्बोच्चमा रहेका सम्माननिय र माननीयहरुले संविधान, कानुन र ऐन हेरेर फैसला गर्छन् । बिगतमा गरे र भविष्यमा गर्लान् भनेर कसरी पत्याउने ? उनीहरुले गरेको फैसलालाई सत्य हो न्याय दिए, दिलाए भनेर कसरी नजिर मान्ने ।

सबैले सम्मान गरेको भरोसा ठानेको अदालतको छवि धुमिल्याउन सक्रिय बन्ने को ? सर्वोच्चको बेञ्चले अघोषित र कानुनी व्यवासायीको छाता संगठन नेपाल बार एसोसिएसनले घोषित रूपमा सर्वोच्चको इजलास बहिष्कार गरिरहेका छन् । प्रधानन्यायाधीशको बहिर्गमन चाहेका सर्वोच्चका न्यायाधीशले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेकै छैनन् । सर्वोच्चमा दैनिक सरदर दुई सयभन्दा बढी मुद्दा सुनुवाइको पेसीमा चढ्ने गर्दथ्यो । प्रधानन्यायाधीश विवादका कारण यी मुद्दा प्रभावित हुँदा सेवाग्राही मार्कामा परेका छन् । सर्वोच्चका न्यायाधीशहरूले जबरालाई राजीनामा दिन भनिसकेकाले पुनः उनकै नेतृत्वमा रहने गरी काममा फर्कन नैतिक संकट छ । सर्बोच्च त ठप्प छदैछ । देशभरका बार र बेञ्च जबराविरुद्ध उत्रिएमा न्यायसम्पादन ठप्प हुनेछ ।

प्रधानन्यायाधीश बन्ने कुनै न्यायाधीशको रोलक्रम छिटो आउँछ भन्ने स्वार्थ र अदालतलाई आफनो छायाँमा राख्ने कानुन व्यवसायीको चाहना पनि यहाँ नजोडिएको होइन ? यतिबेला भन्नु परेको न्यायालयमा ब्याप्त सेटिङ चल्छ । मुद्धा जित्नुपर्नेले हारेको छ । हार्नु पर्नेले जितेको छ । राजनितिले कालो कोट लगाउनेहरुका माग फरक–फरक भएका छन् । कालो पट्टी र सेतो पट्टीको नाटकमा पनि लेनदेन र कमिसनकै खेल छ । त्यसैले त न्यायालयको छवि गुम्दै गुम्दै गएको छ । न्यायको आसमा बसेका नागरिकको भरोसा टुट्न थालेको छ । कसैलाई सम्माननिय र न्यायमुर्तीलाई गाली गर्ने भन्दै मानहानीको मुद्धा दर्ता गराउन मन लागेको छ भने पनि नजानु सर्बोच्चमा कामकाज ठप्प छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, सम्पादकीय
ट्याग : #सर्बोच्च अदालत

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं