Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

भाषण र गफले मात्रै कसरी हुन्छ स्वदेशमा रोजगार ?


पढाई र ब्यवसायीको बहानामा लाखौ बिदेशीएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको संख्या पनि ४८ लाख नाघेको छ । वैदेशिक रोजगार विभागको यो तथ्यांकले विदेशमा रहेका श्रमिकहरुलाई स्वदेश फर्काएर रोजगार बनाउने सरकारको लक्ष्यलाई चुनौती दिदै गर्दा हाम्रा प्रधानमन्त्री र मन्त्रीको भाषण भने उस्तै छ । केही बर्षमा नेपाली वैदेशिक रोजगारीमा जाने होइन्, विदेशीले नेपालमा आएर काम गर्ने वातावरण बन्दैछ अरे । आखिर गफै गर्नेलाई त खासै फरक नपर्ला । तर, हाम्रो सुझाब यस्तो भाषण मन्त्री र प्रधानमन्त्रीले नगर्दा राम्रो । अझ, वैदेशिक रोजगारीमा गएका साढे १७ लाख मात्र श्रम सम्झौता भएका मुलुकमा । अन्य कामदार श्रम समझदारी नभएका देशमा जोखिमपूर्ण काम गर्न बाध्य । यो समस्यामा हाम्रा मन्त्री कति जिम्मेवार बनिरहेका छन् ? श्रम स्वीकृति लिएर वैधानिक रूपमा नेपाली कामदार पठाउन १ सय १० मुलुक खुल्ला गरिएपनि पहिलोपटक सन् २००५ मा कतारसँग श्रम सम्झौता गरेको सरकारले १४ वर्ष अर्थात अहिलेसम्म नौ वटा मुलुकसँग श्रम समझदारी एवं नवीकरण गरेको छ । सरकार वैदेशिक रोजगारका लागि नयाँ श्रम गन्तव्य प्रवद्र्धनका नाममा वार्षिक विभिन्न कार्यक्रम र बजेट खर्च गरिरहेकै छ । भएका सम्झौता पनि कामदारमैत्री नभएको आवाज उठिरहेकै छन् । बहराइन, कतार, यूएई, मलेसिया, जापान, दक्षिण कोरिया, जोर्डन, मौरिसस र इजरायलसँग श्रम सम्झौता भएकोमा मलेसिया, जापान र मौरिसससँगको श्रमिक आपूर्ति ठप्प छ । पर्याप्त रोजगारी दिन नसकेको सरकारले वैदेशिक रोजगारी गन्तब्यको सहजता दिनु एक पक्षबाट हेर्दा सकारात्मक होला । तर, दक्ष जनशक्ति अरुको बृद्धि विकासका लागि पठाएर समृद्धिको गफ भने फगत हुनेछ । पर्याप्त रोजगारी नपाएका कारण अझै पनि हाम्रा चेलीहरु भारतीय बाटो हुँदै कुबेत र इराक पुगिरहेका छन् । दलालले अलपत्र पारेका कतिपय चेली भारतबाट उद्धार गरिन्छन् । थुप्रै युवा विदेशको राम्रो रोजगारीको प्रलोभनमा परेर लुटिएका छन् । यी समस्याको समाधान आखिर खोजिदिने कसले सरकार ?


क्याटेगोरी : जनगुनासो, विचार/लेख

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं