Techie IT
  • १४ चैत्र २०८२, शनिबार
KhojPatrika

योगेश भट्टराईले भने–सरकारले प्रतिशोधी निर्णय गर्‍यो


काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा प्रतिशोधी निर्णय गरेको टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीको गिरफ्तारीपछि डाकिएको आकस्मिक सचिवालय बैठकमा सहभागी हुन च्यासल आइपुगेका उनले कानूनी राज्य र विधिको शासन हुनुपर्ने बताएका हुन ।

सञ्चारकर्मीसँग भट्टराईले भने, ‘नयाँ जनादेश पाएको सन्दर्भमा मुलुकलाई कसरी संयमताका साथ अगाडि बढाउनुपर्ने भन्नेमा सरकारले प्रतिशोधी निर्णय गर्‍यो ।

हामीले बनाएका संविधान कानून छन् । कानुनी राज्य र विधिको शासन हुनुपर्छ ।’ ‘पहिलेजस्तो अब सडकमा टायर बाल्ने र विरोध गर्ने कार्यक्रम हुँदैन हो’ भन्ने पत्रकारको प्रश्नमा भने उनी मौन रहे । भट्टराईले सामाजिक सञ्जालमा पनि लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रमक नभइ संयम हुनु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ । कानूनी राज्य र विधिको शासनको उपहास मान्य छैन । घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनु पर्दछ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाइको माग गर्दछु ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं