एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ
काठमाडौ । पूर्वप्रधामन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।केहीबेरअघि उनी भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ परेका हुन् ।
प्रहरीले निवासबाटै उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काठमाडौँ लगेको छ । एमाले अध्यक्षसमेत रहेका ओलीलाई पक्राउ गर्न गुण्डुमा रातभरी प्रहरी तैनाथ थियो । प्रहरीकै गाडीमा ओलीलाई राखेर लगिएको हो ।
पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि प्रहरीले ओलीलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउको तयारी गरिरहँदा गुण्डुमा ओलीको समर्थनमा व्यापक नाराबाजी भएको थियो । राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्री सहितका नेताहरू अहिले गुण्डुमै छन् ।
प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) को पदबहालीपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
बालेन सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध तत्काल कारबाही अगाडि बढाउने तयारी गरेको छ ।
ओली सरकारकै गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको हकमा प्रतिवेदन कार्यान्वयन गर्न सरकारले सम्बन्धित निकायमा लेखि पठाउने निर्णय गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्