मंगलध्वनि र शंखनादपछि १२:३४ को शुभसाइतमा बालेनले लिए प्रधानमन्त्रीको शपथ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले १२:३४ को शुभसाइतमा शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिए ।
शपथग्रहणका लागि ज्योतिषीलाई साइत हेराएर १२:३४ को समय तय गरिएको थियो । ठ्याक्कै त्यही समयमा प्रधानमन्त्रीको शपथ ग्रहण सुरू गरियो ।
प्रधानमन्त्रीको शपथ ग्रहण समारोह यसपटक परम्परागतभन्दा केही पृथक रह्यो । शपथअघि सात जना ब्राम्हण पुजारीले मन्त्रोच्चारणका साथ संखध्वनी गरेका थिए । १०७ जना बटुक र १०७ जना बौद्ध लामाहरूले मंगलवाचन पाठ गरेर कार्यक्रममा आध्यात्मिक माहोल सिर्जना गरे ।
शाहको शपथ समारोहका लागि तयार मञ्चमा लिम्बू समुदायको मौलिक सांस्कृतिक प्रतीक सिलाम साक्मा राखिएको छ । सिलाम साक्मा मृत्युको बाटो छेक्ने र सुरक्षा कवचको रूपमा विश्वास गरिन्छ । घरमा यसको प्रतिमा राख्दा प्राकृतिक विपत्तिबाट जोगिने विश्वास छ ।
संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्