कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन् ।
महोत्तरीमा आयोजित क्षेत्रीय सम्मेलन उद्घाटन कार्यक्रममा उनले हरेक दुई दुई महिनामा सरकार परिवर्तन हुने अवस्था आएपछि राजनीतिक स्थायित्वका लागि एमालेसँग मिल्न बाध्य भएको बताए । नेता कोइरालाले भ्रष्टाचार बढिरहेको भन्दै सरकारले सुशासन दिन नसकेको जिकिर गरे ।
नेता कोइरालाले सरकारमा भएका मन्त्रीहरुले सहकार्य गरेर अगाडि बढे पनि बाहिर भएकाहरुले प्रतिस्पर्धीको भावना राखेर अघि बढ्नुपर्नेमा जोड दिए । कांग्रेसले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए ।
उनले १५ औं महाधिवेशन एक वर्षभित्र नहुने संकेत देखिएको भन्दै नेतृत्वलाई दबाब दिन नेता कार्यकर्तालाई आग्रह गरे । नेता कोइरालाले भने, ‘तपाईंहरु यहाँबाट जाँदा ढुक्क भएर जानुस् । तपाईंहरु कसैको डर, धाक धम्कीबाट नडराउनुस् । तपाईंहरुको राजनीतिक संरक्षण म गर्छु । अन्याय हुन नदिने बाचा म गर्छु । म पक्कै गर्छु ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #कांग्रेस, #केपी शर्मा ओली
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्