भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
९२ वर्षको उमेरमा बिहीबार राति निधन भएका सिंहको नयाँ दिल्लीको निगमघाटमा अन्तिम संस्कार गरिएको हो ।
उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमिल शाह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, नेता राहुल गान्धी लगायत पुगेका थिए ।
त्यसअघि सिंहको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ भने कांग्रेसले सातै दिन आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #अन्त्येष्टि, #भारतका पूर्वप्रधानमन्त्री, #मनमोहन सिंह, #राजकीय सम्मानका साथ
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्