माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो दल बनाइए माओवादीले भ्रष्टाचारका सबै फाइल खोल्ने दाबी गरेका छन् ।
कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी तथा पार्टी एकता समायोजनसभामा उनले माओवादीलाई पहिलो दल बनाउन जनतालाई अपिल गरेका हुन् ।
उनले माओवादी पहिलो पार्टी बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने जिकिर गरे ।
उनले माओवादी बलियो भएको दिन देशमा सुशासनको युग सुरु हुने समेत जिकिर गरे ।
प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरेको बताउँदै मिटर ब्याजको नाममा जनतालाई शोषण गर्ने मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याएको पनि स्मरण गरे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्