टीआरसीको पदाधिकारी सिफारिस गर्न सरकारद्धारा समिति गठन
काठमाडौं । सरकारले सत्य निरुपण र बेपत्ता खोजबिनसम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती समेत सदस्य छन् । यसअघि प्रचण्ड सरकारले पनि मिश्रकै नेतृत्वमा सिफिारिस समिति बनाएको थियो । तर, ऐन संशोधन नभएका कारण राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले काम नै गर्न सकेन ।
बिहीबार तीन दलका शीर्ष नेताहरुबीच सहमति भएपछि नयाँ समिति गठन गरिएको बताइएको छ । बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेललाई पुनः नियुक्त गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पदाधिकारी सिफारिस, #बेपत्ता खोजबिन, #सत्य निरुपण
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्