Techie IT
  • २३ माघ २०८१, बुधबार
KhojPatrika

उपमेयरलाई बाइपास गर्दै हर्क साम्पाङले वडाध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मा


काठमाडौं । हर्क साम्पाङ । धरान उपमहानगरपालिकाका मेयर । दलीय उम्मेद्वारलाई पाखा लगाउँदै धरानको नेतृत्व पुगेका साम्पाङ पछिल्लो समय पनि दलका नेताहरुलाई बेवास्ता गर्दै आएका छन् । किनकी कार्यपालिका बैठकमा समेत मेयर साम्पाङले आफ्ना एजेण्डा पेलेरै ल्याउने र पारित गर्ने काम गरिरहेको छन् । कार्यपालिका बैठकमा पटक–पटक भइरहेका विवाद र आरोप प्रत्यारोपका श्रृखला बाहिरिरहेका छन् । जसले स्वतन्त्र जितेका मेयर साम्पाङ दलप्रति सामाजिक सञ्जालमा तिखो प्रहार पोख्ने गरेका छन् ।

कहिले गितका टुक्का मार्फत त कहिले सामाजिक सञ्जालमा बोलेरै मेयर साम्पाङले बिरोध गरिरहेका छन् । विहिबारदेखि मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा निष्किदैछन् । तर, भ्रमणमा निष्किनुअघि साम्पाङले धरान उपमहानगरपालिकाको उपमेयर अइन्द्रविक्रम बेघा हुँदा हुँदै वडाअध्यक्षलाई सिंगो उपमहानगरपालिकाको जिम्मेवारी सुम्पिएका छन् । मंगलबारदेखि लागू हुने गरी मेयर साम्पाङले उपप्रमुख मेघालाई बाइपास गर्दै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् । धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई नै उपमहानगरपालिकाको जिम्मेवारी दिएका हुन् ।

हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट स्वदेश फर्किने कार्यतालिका छ । आफू नफर्किउन्जेल साम्पाङले २३ असोजमा वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न भनेका छन् ।साम्पाङले उपमेयर आइन्द्र विक्रम बेघालाई कार्यवाहक दिनुपर्नेमा वडाध्यक्षलाई दिएको भनी आलोचना भइरहेको छ ।

कानूनतः नगर प्रमुख वा गाउँपालिका अध्यक्षले सात दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ । तर, मेयर साम्पाङ सो व्यवस्थालाई लत्याउँदै वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । तर, उनीले वडाअध्यक्षलाई शर्त राखेर कार्यवाहक दिएका छन् ।

कार्यवहाक मेयरले आर्थिक सहयोग एक दिनको ५ हजार मात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने÷नबसाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड छानविन र अनुसन्धानको प्रक्रियामा रहेकोले जस्तो छ त्यस्तै राख्ने, मर्मत नगर्ने, कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने, कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने शर्त तोकिदिएका छन् ।

बेलायत जानुअघि साम्पाङले काठमाडौंका मठ मन्दिर र गुम्बाको दर्शन अवलोकण गरिरहेका छन् । धरानमा उपमेयरलाई नै बाइपास गरेका मेयरले काठमाडौंमा भने सबै मिलेर अघि बढ्नुपर्ने सुझाव बाँडिरहेका छन् । सपरिवार बेलायत उड्न लागेका मेयर साम्पाङलाई धरानबाट समेत ठूलो सम्मान गरेर विदाई गरिएको छ । आफ्नो बिरुद्ध बोल्ने र भन्ने ब्यक्तीमाथि निक्कै कुण्ठा पोख्ने मेयर साम्पाङले उपमेयरलाई बाइपास गर्दै वडाध्यक्षलाई कार्यवाहक दिनुपर्ने त्यो भने खुलाएका छैनन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #वडाध्यक्षलाई दिए कार्यवाहक, #हर्क साम्पाङ

तपाईको कमेन्ट लेख्नुहोस्