विपदमा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा, ३ दिन झण्डा आधा झुकाइने
काठमाडौं । सरकारले विपदबाट मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो तथा डुवानमा परेर मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन ।
मन्त्री गुरुङका अनुसार सरकारले शोक घोषणा गर्दै आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने निर्णय पनि गरेको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय शोक घोषणा, #विपदबाट मृत्यु
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्