सेवा लम्साल बेल्जियमको राजदूत सिफारिस, अमृत राई परराष्ट्र सचिव बन्ने
काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतमा सिफारिस गरेको हो ।
यसअघि बेल्जियम खाली राखेर अरु देशमा राजदूत सिफारिस गरिएको थियो । संसदीय सुनुवाइपछि उनी राजदूत नियुक्त हुनेछिन् । त्यसपछि परराष्ट्र सचिवको जिम्मेवारीमा अमृत राई बढुवा हुनेछन् । राई अहिले प्रवक्ता छन् ।
लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् । उमेर हदका कारण उनी आगामी मंसिरमा अवकाश हुँदै थिइन् । त्यसअघि नै उनलाई राजदूत बनाएर पठाएको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- २तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ३रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह
- ४विदेशबाट मतदान तथा अन्तर क्षेत्र निर्वाचनको कानुनी मस्यौदा तयार, होला त सम्भव ?
- ५सहकारी ठगी प्रकरणः छविलाल जोशी पनि धरौटीमा रिहा



तपाईको कमेन्ट लेख्नुहोस्