इजरायलको आक्रमणबाट हालसम्म गाजामा ४० हजारभन्दा बढीको मृत्यु
काठमाडौं । इजरायलले विगत १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजारभन्दा धेरै व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९२ हजार जना घाइते भएका छन् । गत ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो ।
इजरायलको आक्रमण अहिले पनि जारी छ । हमासको स्वास्थ्य मन्त्रालयले विहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजार ५ जनाको मृत्यु भएको छ । गाजाको कूल जनसंख्या २३ लाख छ । गाजा क्षेत्रमा ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन् ।
स्याटलाइट तस्वीर हेर्दा सबैभन्दा धेरै भौतिक क्षति दक्षिणी शहर रफाहमा भएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयका प्रमुख वोल्कर टर्कका अनुसार गाजा क्षेत्रमा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । गाजामा औसतमा दैनिक १३० जना मानिसको मृत्यु हुने गरेको छ ।
इजरायली सेनाले घर, अस्पताल, स्कुल र धार्मिक प्रार्थना स्थलमा समेत आक्रमण गरेको भन्दै उनले यसलाई निकै गम्भीर अवस्था भनेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयले युद्ध बन्द गर्न र बन्धकहरुलाई रिहा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
- २बढ्यो पेट्रोल र डिजेलको मूल्य
- ३मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द
- ४एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !
- ५सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !
तपाईको कमेन्ट लेख्नुहोस्