कुलमानको आक्रोशः मविरुद्ध केही व्यक्ति सुनियोजित रूपमा लागे
काठमाडौं । डीईजी रमेश खरेलले एन्टीकरप्सन नेटवर्कका तर्फबाट सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको समाचारलाई लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् । खरेलले आफूविरुद्ध एक टीभीमार्फत भ्रामक सूचना सम्प्रेषण गराइरहेको भन्दै कुलमानले आफ्नो चरित्रहत्या गरेको आरोप लगाएका हुन ।
खरेलले लगाएको लाञ्छना कसैको उक्साहटमा भएको उनको दाबी छ । विज्ञप्ति नै निकालेर घिसिङले सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका काम कारबाही सार्वजनिक चासोका विषय हुन्छ र त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुने बताए ।
आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा आफु अनभिज्ञ रहेको विज्ञप्ति उल्लेख छ । खरेलले लगाएको आरोपको भ्रममा नपर्न पनि उनले अपिल गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कुलमान घिसिङ, #विद्युत प्राधिकरण
ताजा खबर
- १एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर
- २मलाई जसरी पनि पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छः ओली
- ३रुपन्देही–२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
- ४एनपीएल–२ः पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित
- ५महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढ्छः गगन थापा



तपाईको कमेन्ट लेख्नुहोस्