कांग्रेसले टुंगो लगायो लुम्बिनीका ५ मन्त्री, रोज राणा दोहोरिएर मन्त्री !
दाङ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले ५ मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ । शपथ ग्रहणमा सहभागी हुन नेता कार्यकर्ताहरु बुटवलमा पुगेका छन् ।
यस्ता छन् कांग्रेस मन्त्री
लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लगायतका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटेर मन्त्रीहरुको नामावली टुंगो लगाएका हुन् ।
कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम करिब–करिब फाइनल भएको छ । न्यौपाने बाहेक ४ जना संस्थापन समूहका हुन् ।
मन्त्री बन्न लागेकाहरुमा प्यूठानका थापा दोहोरिन लागेका हुन् भने अरु सबै नयाँ अनुहार हुन् । थापा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । थापा डिल्लीबहादुर चौधरीको पालामा उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने मन्त्री बन्नेहरुको नाम छनोट गर्दा प्रदेश समितिसँग सल्लाह र समन्वय नभएको गुनासो गरे ।
संविधानले तीन तहका सरकारको मान्यता दिएपछि सोही अनुसार पार्टी समितिहरु पनि तीन तहमै निर्णय गर्न स्वायत्त हुनुपर्ने भन्दै उनले केन्द्रबाट मनोमानी भएको बताएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुख्यमन्त्री चेतनारायण आचार्य, #रोज राणा दोहोरिए, #लुम्बिनी प्रदेश
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्